बैशाख १७, २०८१, सोमबार
               

कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
चैत १४, २०७६

सांकेतिक
ADVERTISEMENT

जेनेभा । विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि पाँच लाख ३२ हजार ६७० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरूमा एक लाख २४ हजार ३४९ जना उपचारपछि घर फर्किएका छन् चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

सङ्क्रमित मात्र देशहरूमा नेपाल, म्यानमार माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, फिजी, हाइटी आदि रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि