बैशाख १७, २०८१, सोमबार
               

कोरोना संक्रमणकै कारण बेलायती कूटनीतिज्ञको मृत्यु

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

कोरोना संक्रमणका कारण हंगेरीमा बेलायती  कूटनीतिज्ञ  ३७ वर्षीय स्टिभन डिक को मृत्यु भएको छ । 

स्टिभन गत हप्तादेखि अस्वस्थ भएको र स्वास्थ्य परीक्षण गराउँदा कोभिड–१९ को संक्रमण देखिएको थियो ।

३७ वर्षीय स्टिभन डिक हंगेरीको राजधानी बुडापेस्टमा रहेको बेलायती दूतावासमा कार्यरत थिए । बेलायती विदेश मन्त्रालयले पनि बुधबार  हंगेरीमा बेलायती कूटनीतिज्ञको मृत्यु भएको दिएको जानकारी दिएको हो । 

त्यस्तै, दूतावासमा ‘डेपुटी हेड अफ मिसन’ का रुपमा कार्यरत स्टिभनको मृत्यु मंगलबार भएको बेलायती विदेश मन्त्रालयले पनि जानकारी दिएको छ ।

बेलायती विदेश सचिव डोमिनिक राबले स्टिभनको मृत्युले निकै दुःखी भएको बताएका छन् । साथै उनले स्टिभनको निधनको खबरले अत्यन्तै मर्माहत भएको बताउँदै समवेदना प्रकट गरेका छन् । 

यो पनि