बैशाख १७, २०८१, सोमबार
               

सुन्दर गाउँमा जब कोरोना पस्यो...

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

एजेन्सी । मिलान शहरको उत्तरपूर्वी क्षेत्रमा रहेको भेर्तोभा गाउँ निकै मनमोहक छ । 

यहाँका घरहरु प्राचीन ढुंगाको प्रयोग गरी निर्माण गरिएका छन् ।

यस गाउँमा झण्डै चार हजार ६ सय जनसंख्या छ । दुःखको कुरा यो सुन्दर गाउँमा प्राणघाती भाइरस (कोरोना भाइरस)  प्रवेश गरेको छ ।

कोरोना भाइरसका कारण यस गाउँमा ३६ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणबाट २३ दिनभित्र २६ जनाको मृत्यु भएको हो ।

बुधबारसम्म इटलीको परिस्थिती नियन्त्रणबाहिर थियो र कुल ६ हजार ८ सय २० को मृत्यु भइसकेको थियो, यतिबेलासम्म भर्तेभामा ३६ जनाले ज्यान गुमाइसकेका थिए ।

मिलानबाट ७० किलोमिटर पर पहाडसँगै जोडिएको यस गाउँमा यसअघि सरदर वार्षिक ६० जनाको मृत्यु हुन्थ्यो ।


कस्तो लाग्यो ?

यो पनि