बैशाख १७, २०८१, सोमबार
               

मतभेद बिर्सेर सबै राष्ट्र एकजुट हुन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आग्रह

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मतभेद बिर्सेर सबै राष्ट्र एकजुट हुन आग्रह गरेका छन् ।  

कोरोना भाइरस महामारी मानव जातिकै लागि खतरा रहेको भन्दै उनले यस्तो आग्रह गरेका हुन् । कोरोनाविरुद्ध देशहरूको एक्लाएक्लै लडाइँ अब पर्याप्त नहुने भन्दै उनले कोरोनाविरुद्ध सम्पूर्ण मतभेद बिर्सेर सबै राष्ट्रलाई एकजुट आग्रह गरेका छन् । 

साथै, उनले कोराना मानवताविरुद्धको महामारी भएकाले यसलाई लिएर कुनै पनि देशले राजनीति नगर्न पनि आग्रह गरेका छन् । 

अमेरिका र युरोपेलीसहित पश्चिमा देशहरुले कोरोना भाइरसलाई लिएर राजनीति गर्न खोजेको कुरा उठिरहेका बेला राष्ट्रसंघले यस्तो धारणा सार्वजनिक गरेको हो ।   

यो पनि