बैशाख १७, २०८१, सोमबार
               

'लकडाउन'को कारण अनलाइन विवाह सम्पन्न

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै भारतमा विवाहसमेत लकडाउनले राेक्न नसकेकाे खबर छ । लकडाउनकाे बेला अठोट गरेपछि अनलाइनबाटै पनि विवाह सम्पन्न भएकाे हाे । भारतका मुस्लिम समुदायमा विवाहको सिजनमा देश 'लकडाउन'को अवस्थामा छ। 

लकडाउनका कारण मानिसहरू घरभित्रै बस्न बाध्य छन् । आपतै परिहालेमा बाहेक घरबाहिर निस्कन कसैलाई छुट छैन। कुनै पनि कारण देखाएर भीडभाड गर्न र सभा-समारोह गर्न वर्जित गरिएको छ। तर नेपालसँग सीमा जोडिएको विहार र उत्तर प्रदेश राज्यका केटाकेटीबीच अनलाइन विवाह भएको छ। पटनाको फूलवारी शरीफमा सदब नसरिन दुलही बनेकी थिइन् भने उत्तर प्रदेशको साहिबाबादमा दानिश रजा दुलाहा बने। उनीहरूले आफू बसेकै ठाउँबाट 'अनलाइन' विवाह गरेका हुन् ।

सदबका पिता सलाउद्दिनले भने, "वैवाहिक कार्यक्रम २४ मार्चमा थियो। कोरोना भाइरसका कारण सबैतिर लकडाउनको अवस्था थियो। यस्तो बेला जन्ती आउन सक्ने भएन। र, समारोह गरेर विवाह गर्ने सम्भावना पनि रहेन। त्यसैले हामीले अनलाइनबाट नै सबै वैवाहिक प्रक्रिया रितिरिवाजअनुसार गर्ने निधो गर्‍यौं।"

सलाउद्दिनका अनुसार अनलाइन विवाहका लागि उनले विवाह गराउने पुजारी)लाई मात्र घरमा लिएर आउनु परेको थियो। यसबाहेक सबै घरका सदस्य नै थिए।  जब 'लकडाउन' सकिन्छ तब बेहुली बेहुलासँग घर जाने  परिवारले बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि