बैशाख १७, २०८१, सोमबार
               

कोरोनाका कारण पोर्न उद्योगको चाँदी कटाइ

एजेन्सी
चैत १३, २०७६

ADVERTISEMENT

संसारभरका मानिसलाई मृत्युको मुखमा पुर्‍याइ रहेको कोरोना भाइरस कै कारण ‘सोसल डिस्टान्सिङ’ र ‘सेल्फ आइसोलेसन’ ले विश्व अर्थतन्त्र ध्वस्त बनाइ रहेको छ । तर, यसका बाबजुद कतिपय यस्ता उद्योग पनि छन्, जसले यो समयमा अत्यधिक नाफा कमाइ रहेका छन् ।

ह्यान्ड सेनिटाइजर तथा सर सफाइका सामान अनि ट्वाइलेट पेपर उत्पादन गर्ने उद्योगहरुका लागि अहिले दसैँ आए झैँ भएको छ । उत्तरी अमेरिकाका र युरोपका नागरिकहरू जब घरमा बन्द भए अर्को एउटा उद्योगको चाँदी कटाइ सुरु भएको छ ।

कोरोना भाइरसको महामारी सुरु भएपछि लगातार व्यापारमा वृद्धि गर्नेमा नग्न (पोर्न) चलचित्र उद्योग पनि छ । जसमा सो उद्योगको अनलाइन व्यापार दिन दिनै फस्टाइ पनि रहेको छ ।

मानिसहरूलाई विभिन्न मुलुकले घर मै कैद भएर बस्न आग्रह गरेसँगै विश्वको सबैभन्दा ठुलो एडल्ट वेबसाइट पोर्नहबको ट्राफिक दैनिक ५.७ प्रतिशतले वृद्धि भइरहेको सो वेबसाइटले एजेन्सीलाई बताएको छ । सो वेबसाइटको जनसम्पर्क विभागका अनुसार अहिले सो वेबसाइटमा विचरण गर्नेमा इटालीका नागरिक अत्यधिक मात्रामा छन् । कोरोना भाइरसले अहिले सर्वाधिक असर पारेको मुलुकमा इटाली पहिलो स्थानमा छ । सो मुलुकमा अहिले पोर्नहबमा रमाउनेको सङ्ख्या दैनिक १३.८ प्रतिशतले वृद्धि भइरहेको छ ।

‘संसारका अधिकांश मुलुकले आफ्ना नागरिकलाई घरमा बस्न निर्देशन दिएका छन्, अहिले पोर्नहबले इटालीको प्रत्येक घण्टाको तथ्याङ्कलाई नियाल्दा यसमा विचरण गर्नेको सङ्ख्या बढ्दो छ,’ पोर्नहबले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ, ‘११ मार्चको तथ्याङ्कलाई आधार मान्दा बिहान २ बजे सामान्य दिनभन्दा ४७ प्रतिशत बढी ट्राफिक थियो तथा बिहान ५ बजेसम्म सरदर २५ प्रतिशतभन्दा बढी नै ट्राफिक थियो । बिहान ६ बजेपछि भने यो सङ्ख्या १६ प्रतिशतमा झर्‍यो । तर, १० बजे फेरी सामान्य दिनभन्दा १० प्रतिशतको वृद्धि देखियो । मध्यान्हसम्म पनि पोर्नहब हेर्नेको सङ्ख्या बढ्दै थियो ।’

‘सारा युरोपमा यस्तै अवस्था देखिन्थ्यो । प्राय मानिस घर मै बसेका तथा काम नभएका कारण पनि यो अवस्था देखिएको हो,’ सो वेबसाइटले उल्लेख गरेको छ ।

कोरोना भाइरसका कारण पोर्न साइट हेर्नेहरूको सङ्ख्यामा अत्यधिक वृद्धि भएको मुलुकहरूमा बेल्जियम, नेदरल्यान्ड, चेक गणतन्त्र तथा जापान रहेका छन् ।

पोर्नहब सञ्चालन गर्ने मुलुक क्यानडामा भने थोरै मात्रामा यो सङ्ख्या बढेको छ । क्यानडा मै पोर्नहब हेर्नेको सङ्ख्या दैनिक २.५ प्रतिशतले बढी रहेको छ भने अमेरिकामा पनि त्यही दर देखिन्छ ।

न्यु योर्क पोस्टका अनुसार अहिले विश्वको ध्यान क्यामगर्लसँग रमाइलो गर्नेतर्फ केन्द्रित भएको छ । सो पत्रिकाका अनुसार मायमीका जोसलिन जेनले वयस्क वेबसाइटमार्फत सेवा दिँदा प्रति साता १ हजार ७ सय अमेरिकी डलर आर्जन गर्न थालेको बताइन् । कोरोना भाइरसको महामारीअघि उनले प्रति साता १ हजार ५० डलर मात्र कमाउने गरेकी थिइन् । 

‘कोरोनाले असन्तुलित बनेका हामी आफ्ना ग्राहकको दिमागमा ताजगी ल्याउने प्रयास गरिरहेका छौँ,’ उनले भनिन् ।

धेरैलाई थाहा नहुन सक्छ, भ्यानकोवर सदाबहार पोर्न उद्योग हो । २००८ देखि नयाँ वयस्कका लागि आवश्यक वस्तु निर्माण तथा बिक्री गर्ने व्यवसायहरू तीव्र रूपमा खुलेका छन् । तर, अहिले बजार बन्द छन् तर, क्यामगर्लमार्फत त्यहाँका व्यापारीहरूले पनि कमाइ गरिरहेका छन् ।

यसको अर्थ पोर्न व्यवसायमा संलग्न सबैको आम्दानी बढेको छ भन्ने पनि छैन । घर बसेर वेबसाइटमार्फत गर्ने व्यवसायबाट क्यामगर्लहरुले केही कमाइ बढाएपनि सोसल डिस्टान्सिङका कारण उनीहरू मध्ये कतिपय कानुनी मान्यता लिएर गर्दै आएको देह व्यापार भने चौपट भएका छन् ।

यसका साथै वयस्कहरूका लागि नयाँ चलचित्रको छायाङ्कन रोकिएको छ । जसका कारण सो उद्योगमा आश्रित अधिकांश सङ्कटमा परेका छन् । साथै यो व्यवसायले पुराना कार्यक्रमबाट कहिलेसम्म आफ्नो व्यापार धान्लान् भन्ने पनि छ ।  वयस्क चलचित्रकी नायिका मिटल्यान्ड वार्डले समूहमा नबसेर केही व्यक्ति मात्र संलग्न भएर नयाँ चलचित्र निर्माण गर्न आग्रह समेत गरिसकेकी छन् । 
 


कस्तो लाग्यो ?

यो पनि