बैशाख १७, २०८१, सोमबार
               

ब्रिटेनमा २१ वर्षीया युवतीको मृत्यु, परिवारको यस्तो आग्रह

एजेन्सी
चैत १३, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ब्रिटेनमा २१ वर्षीया युवतीको कारण मृत्यु भएको छ ।

उनलाई पहिले कुनै रोग नरहेको बताइएको छ । खबर अनुसार कोरोना भाइरसबाट ज्यान गुमाउने उनी ब्रिटेनकी सबैभन्दा कम उमेरकी बिरामी हुन् । जसलाई पहिले कुनै प्रकारको रोग लागेको थिएन ।

ब्रिटेनस्थित बकिंघमशायरमा बस्ने च्लोई मिडल्टनकी आमाले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएकी छिन् । 

यो खबर अहिले निकै भाइरल भइरहेको छ । सबैले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । ब्रिटेनमा अहिले (ट्विटर र फेसबुकमा) RIP Chloe  ट्रेन्ड भइरहेको छ ।

उनको परिवारका अनुसार उनलाई पहिले कुनै प्रकारको बिमारी नभएको आजतकले उल्लेख गरेको छ ।

उनको परिवारले आम मानिसलाई कोरोना भाइरसलाई हल्का रुपमा नलिन आग्रह समेत गरेका छन् ।

संसारभर कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । चिनको वुहान जहाँबाट यस भाइरस उत्पत्ति भएको थियो त्यहाँ भने नयाँ संक्रमित भेटिएका छैनन् । 

इटली, स्पेन कोरोना भाइरसबाट बढी संकटमा छ । यहाँ मृतक ताथ संक्रमितको संख्या बढ्ने क्रम जारी छ । अमेरिका र ब्रिटेनमा पनि तिव्र गतिमा संक्रमण फैलिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि