जेठ ०१, २०८१, मंगलबार
               

यसकारण पाकिस्तानमा 'नो लकडाउन'

एजेन्सी
चैत १३, २०७६

ADVERTISEMENT

एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या एक हजारभन्दा बढी पुगिसकेको छ ।

पाकिस्तानमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशमा लकडाउन गर्न मानेका छैनन् । 

इमरानले भनेका छन्, 'पाकिस्तानमा लकडाउन जस्तो कडा कदम उठाउन सकिँदैन । यसले देशको अर्थव्यवस्था बर्बाद हुनेछ ।'

यसअघि इमरानले सांसदहरुसँग कोरोना भाइरस नियन्त्रणको विषयमा छलफल गरेका थिए ।

बैठकमा इमरानले भनेका थिए, 'पाकिस्तानमा लकडाउन गर्नु भनेको ज्यादती तथा असम्भवजस्तो काम हो । यो नागरिकको लागि कर्फ्यूजस्तै हो । र यदि हामीले यस्तो गर्यौं भने मुलुक झन् बर्बादी तर्फ जानेछ । हाम्रो अर्थ व्यवस्था धरासायी हुन्छ ।'


कस्तो लाग्यो ?

यो पनि