जेठ ०१, २०८१, मंगलबार
               

अपडेटः कोरोना संक्रमणबाट कतिले ज्यान गुमाए ?

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार २०० पुगेको छ । 

४ लाख ६८ हजार ९०५ भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

केही महिनाअघि चीनबाट सुरु भएको कोरोना संक्रमण संसारभरी फैलिसकेको छ । संक्रमण फैलने डरले एक तिहाई जनसंख्या घरभित्रै छन् ।

संसारको दोस्रो धेरै जनसंख्या भएको देश भारतमा २१ दिनका लागि लकडाउन घोषणा गरिएको छ ।

दक्षिणी युरोपलाई कोरोना भाइरसलाई सबैभन्दा धेरै क्षती पुर्याएको छ । जुन चीनमा कोरोना भाइरसको सुरुवात भयो, त्यहाँ भएको मृत्यु भन्दा इटली र स्पेनमा मृतकको आँकडा बढी छ । 

इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ ।

फ्रान्समा पनि बुधबार कोरोना भाइरसको संक्रमणका कारण २ सय ३१ को मृत्यु भयो ।

फ्रान्समा अहिलेसम्म मृतकको संख्या १ हजार ३ सय ३१ पुगेको छ । यहाँ कूल २५ हजार २ सय ३३ संक्रमित छन् । यीमध्ये २ हजार ८ सय २७ को स्थिति गम्भीर छ ।


कस्तो लाग्यो ?

यो पनि