जेठ ०१, २०८१, मंगलबार
               

राजकुमार चार्ल्सलाई कोरोना सङ्क्रमण

एजेन्सी
चैत १२, २०७६

ADVERTISEMENT

संयुक्त अधिराज्यका राजकुमार चार्ल्सलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । सङ्क्रमण पुष्टि भएपछि ७१ वर्षीय राजकुमार पत्नी क्यामिलाका साथ सेल्फ आइसोलेनमा रहेको क्लारेन्स हाउसले पुष्टि गरेको छ ।

डचेज अफ कर्नवलको कोरोना परीक्षणको नतिजा सकारात्मक देखिएको तथा उनमा सामान्य सङ्क्रमण देखिएको बताइएको छ ।

बेलायतले मुलुकभरि लक डाउनको आदेश दिएको भोलिपल्ट यो समाचार आएको हो । बेलायतमा तीव्र गतिमा बढी रहेको कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि लागू गरिएको लक डाउनको आदेशको अवज्ञा गर्नेहरूलाई प्रहरीले हिरासतमा लिन थालेको पनि छ । 

प्रहरीलाई लक डाउनलाई कडाइका साथ लागू गर्न गस्ती गरीरहेपनि मानिसहरू पार्कमा सनबाथ लिनुका साथै बार्बाक्युमा रमाइरहेका देखिन्थे ।

कोरोना भाइरसको महामारीका बिच बेलायतमा यो रोगबाट मर्नेहरू सङ्ख्या ८७ बाट बढेर ४ सय २२ पुगिसकेको छ ।

साथै स्थानीय एक अस्पतालमा यही भाइरसबाट सङ्क्रमित भएकाहरूको उपचारमा संलग्न एक २० वर्षिया नर्सले अस्पतालमा कार्यरत रहेको अवस्थामा आत्महत्या समेत गरेकी छन् ।

कोरोनाको सङ्क्रमणबाट ग्रस्त बुढापाकाहरू मध्ये अत्यधिक मात्रामा मृत्युको सिकार हुने गरेका छन् । कद कदाचित राजकुमार चार्ल्सले यही रोगको कारण ज्यान गुमाउनु परेको खण्डमा राजकुमार विलियम बेलायती साम्राज्यको राजगद्दीको उत्तराधिकारी बन्ने छन् ।
 


कस्तो लाग्यो ?

यो पनि