जेठ ०२, २०८१, बुधबार
               

स्पेनमा एकैदिन ७३८ को मृत्यु, सुरक्षित छन् नेपाली ?

एजेन्सी
चैत १२, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण स्पेनमा एकै दिन ७३८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण स्पेनमा हालसम्म ३,४३४ जनाको मृत्यु भइसकेको छ । 

मृतकको संख्या २७ प्रतिशतले वृद्धि भएको छ। यो हालसम्मकै उच्च दर हो।

पछिल्लो २४ घण्टामा स्पेनमा ७ हजार ९३७ जना नयाँ संक्रमित भेटिएका छन् । जुन हिजोको तुलनामा २० प्रतिशतले बढी हो ।

कोरोना भाइरसको उद्गम स्थल चीनमा भन्दा स्पेनमा (यस भाइरसको संक्रमणबाट) मृत्यु हुनेको संख्या बढी पुगेको छ ।

चीनमा कोरोना संक्रमणबाट ३,२८७ जनाले ज्यान गुमाएका छन् । इटालीमा यस भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी पुगेको छ । इटलीमा ६,८२० जनाको मृत्यु भएको छ।

हालसम्म विश्वभर ४७ हजार ६ सय भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यसबैबीच स्पेनस्थित नेपाली दूतावासका अनुसार, हालसम्म त्यहाँ रहेका नेपाली यस भाइरसबाट संक्रमित भएका छैनन् ।

स्पेनमा झण्डै १० हजार नेपाली रहेको नेपाली अनुमान छ ।


कस्तो लाग्यो ?

यो पनि