जेठ ०१, २०८१, मंगलबार
               

कोरोना संक्रमणबाट १८,५०० भन्दा बढीको मृत्यु, संकटमा इटली

एजेन्सी
चैत १२, २०७६

ADVERTISEMENT

एजेन्सी । विश्वका १९५ देशमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघेको छ । 

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या चार लाख २१ हजार ४ सय ३१ पुगेको छ ।  

त्यस्तै मृत्यु हुनेहरुको संख्या १८ हजार ८ सय १० पुगेको छ । 

मंगलबार मात्र विश्वभर १७ सय ६७ जनाको मृत्यु भएको छ । एक लाख आठ हजार बिरामी निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी इटालीमा एकैदिन ७४३ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ८९ जनाको मृत्यु भएको छ । 

इटलीको एक हेल्थ एजेन्सीका अनुसार देशमा कोरोना भाइरस संक्रमणको वास्तविक आंकडा यो भन्दा धेरै छ । इटली र स्पेन कोरोना भाइरसका कारण निकै संकटमा छ ।

इरानमा २४ घण्टामा १ सय २२ जनाको मृत्यु भएको छ भने बेलायतमा ८७ र नेदरल्यान्डस्मा ६३ जनाको मृत्यु भएको छ । 

उता, अमेरिकामा पनि एकैदिन ८१ जनाको मृत्यु भएको छ । 

विश्वभर एकैदिन ३० हजार ५ सय ७३ जना नयाँ संक्रमितहरु देखिएका छन् ।  


कस्तो लाग्यो ?

यो पनि