जेठ ०१, २०८१, मंगलबार
               

विश्वव्यापी युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्व अहिले कोरोनाले आक्रान्त बनेकाे भन्दै विश्वव्यापी युद्धविराम गर्न आह्वान गरेकाे छ ।

संयुक्त राष्ट्रसंघका  महासचिव एन्टोनियो गुटेरेसले ट्विट गर्दै भनेका छन्, "भाइरसको हिंसात्मक संक्रमणले युद्धको अवस्थालाई चित्रण गर्छ । त्यसकाण मैले तत्काल विश्वका हरेका कुनामा भइरेका युद्धहरूलाई रोक्न आग्रह गरेको हुँ । यो समय सम्पूर्ण सशस्त्र द्वन्द्वलाई लकडाउन गर्ने र जीवनको वास्तविकतासँग लड्न एकताबद्ध हुने समय हो ।" चीनको वुहानमा डिसेम्बर २०१९ मा पहिलोपटक देखिएको भाइरस हाल विश्वका १८० भन्दा बढी मुलुकमा फैलिइसकेको छ ।

कोभिड-१९ ले कुनै राष्ट्र, धर्म, जाति अथवा अन्य मानिसहरुबीचको फरक छुट्याएर संक्रमण गराउँदैन । यसले युद्धको जस्तै बेप्रवाह जुनसुकै व्यक्तिलाई पनि आक्रमण गर्नसक्ने  महासचिव एन्टोनियो गुटेरेसले बताएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि