जेठ ०१, २०८१, मंगलबार
               

कारोना इपिसेन्टर वुहानका बासिन्दा ८ अप्रिलदेखि अन्यत्र आउजाउ गर्न पाउने

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

काठमाडाैं ।  कारोनाको इपिसेन्टर मानिने चीनको हुबेई प्रान्तको राजधानी वुहानका बासिन्दा आगामी ८ अप्रिलदेखि अन्यत्र आउजाउ गर्न पाउने भएका छन् । 

तर, वुहानबाट बाहिर जान चाहने व्यक्तिले आफूसँग सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराएको हरियो स्वास्थ्य स्टिकर भने अनिवार्य देखाउनुपर्ने छ । 

भाइरसको संक्रमण फैलन नदिन वुहानमा विगत दुई महिनादेखि लकडाउन गरिएको थियो । 

प्रान्तीय कोभिड–१९ नियन्त्रण केन्द्रले जारी गरेको सूचनामा वुहानबाहिरका स्वस्थ व्यक्तिमा कोरोना फैलिन नपाओस् भन्नका लागि निकै कडा नियम र सावधानी अपनाउन नागरिकलाई आग्रह गरिएको छ ।  

बुधबारदेखि हुबेई प्रान्तका अरू क्षेत्रमा लागू हुने गरी यातायात खुला गरिएको छ । हुबेईमा अलपत्र परेका अन्यत्रका कामदारलाई हुबेईबाहिर उनीहरूका कार्यस्थलमा सोझै पठाइने व्यवस्था मिलाइएको छ । 

तर, अर्को सूचना जारी नहुँदासम्म स्कुल नखुल्ने बताइएको छ । पाँच दिनदेखि यो सहरमा कुनै कोरोना संक्रमित व्यक्ति भेटिएको छैन । 
 


कस्तो लाग्यो ?

यो पनि