जेठ ०१, २०८१, मंगलबार
               

बाहिर निस्कनेलाई उठ-बस र कुखुरा अनि सपथ

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको उत्तर प्रदेशमा लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले बाटोमै सजाय दिन सुरु गरेको छ ।

प्रहरीले लकडाउन उल्लघंन गर्ने मानिसहरुलाई नियन्त्रणमा लिएर उठ–बस गराउन लगाएको छ भने केहीलाई कुखुरा बन्न लगाएको छ ।

प्रहरीले केहीलाई उठबस गर्न लगाएको छ भने केहीलाई तातो घाममा हात माथि गरेर उभिन लगाएको छ ।

सजाय सकिएपछि उनीहरु प्रहरीसमक्ष लकडाउन (सरकारी घोषणा) मान्ने सपथ खाएर घर फर्किएका थिए । 

भारतका विभिन्न राज्यमा लकडाउन उल्लघंन गर्ने व्यक्तिहरुलाई प्रहरीले यस प्रकारको सजायको व्यवस्था गरेको छ ।

केही व्यक्तिलाई भने पक्राउ गरेर हिरासतमा राखिएको त्यहाँको प्रहरीले जानकारी दिएको छ ।

उत्तर प्रदेशमा २७ मार्चसम्म लकडाउन घोषणा गरिएको छ ।

इन्दौरस्थित राजबाडा इलाकाको सडक स्यानिटाइज गरिँदै ।


कस्तो लाग्यो ?

यो पनि