जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाको नाममा युवतीलाई दुर्व्यवहार

एजेन्सी
चैत ११, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको राजधानी दिल्लीमा एक युवतीमाथि दुर्व्यवहार भएको छ ।

भारतमा लगाइएको जनता कर्फ्यूको समय सकिएपछि बजारबाट एक युवती दिल्लीस्थित मुखर्जीनगरमा रहेको आफ्नो घर जाँदै थिइन् ।

त्यसक्रममा मोटरसाइकलमा आएका युवकले युवतीलाई कोरोना कोरोना भन्दै थुकिदिएका थिए ।

मणिपुर स्थायी घर भएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको बताएकी हुन् ।

साँझको समयको फाइदा उठाउँदै ती व्यक्तिले आफूमाथि दुर्व्यवहार गरेको युवतीले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

मोटरसाइकलमा रहेका व्यक्ति लगभग ४४–४५ वर्षको रहेको उनले बताएकी छिन् ।

पीडित युवती मुखर्जी नगरमा भाडामा बसेर अध्ययन गर्दै आएकी छिन् ।

प्रहरीले सिसिटिभी फुटेजमार्फत उक्त व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

यसैबीचर भारतमा कोरोना संक्रमण नियन्त्रण गर्न सोमबार बिहान ६ बजेदेखि दिल्लीमा लकडाउन घोषणा भएको छ । 

लकडाउन मार्च ३१ सम्म जारी रहनेछ । 


कस्तो लाग्यो ?

यो पनि