जेठ ०२, २०८१, बुधबार
               

भारतमा १० को मृत्यु, ५४८ जिल्ला 'लकडाउन'

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

काठमाडौं । भारतमा कोरोना भाइरसका कारण १० जनाको ज्यान गइसकेको छ। 

भारतमा यस भाइरसबाट संक्रमितको संख्या ४९९ पुगेको छ । जसमा पछिल्लो २४ घण्टामै १०३ नयाँ संक्रमित फेला परेका हुन् । साथै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ ।

भारतमा जनवरी ३० मा पहिलो पटक त्यहाँको केरला राज्यमा कोरोना संक्रमित भेटिएका थिए । त्यसयता भारतका विभिन्न राज्यमा यो भाइरस फैलिसकेको छ ।

भारतमा अहिलेसम्म ३४ जना संक्रमित निको भइसकेको छन् । 

सोमबार पहिलोपटक पश्चिम बंगालमा एक जनाको मृत्यु भयो भने, हिमाचल प्रदेशमा अर्का एक व्यक्तिको ज्यान गयो । 

कोरोना भाइरस संक्रमणबाट आइतबार बिहारमा एक जनाको मृत्यु भएको थियो । 

कोरोना भाइरस संक्रमण भारतमा तीव्र रुपमा फैलँदै गएपछि अहिले त्यहाँका ५४८ जिल्लामा लकडाउन गरिएको छ ।

त्यहाँका ३० राज्य र केन्द्रशासित प्रदेशमा पूरै लकडाउन घोषणा गरिएको छ भने रेल, बस, हावाई सेवा पनि ठप्प छन् ।


कस्तो लाग्यो ?

यो पनि