जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाभाइरसबाट १६,५०० को मृत्यु, इटलीका मृतकको संख्या कति पुग्यो ?

एजेन्सी
चैत ११, २०७६

ADVERTISEMENT

एजेन्सी । इटलीमा सोमबार कोरोना भाइरसको संक्रमणबाट ६ सय १ जनाको मृत्यु भएको छ ।

योसँगै इटलीमा कोरोना भाइरसका कारण हृत्यु हुनेको संख्या ६ हजार ७७ पुगेको छ । 

इटलीमा लगातार दोस्रो दिनमा मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

कोरोना भाइरस इटलीमा आएपछि गत हप्ता शनिबार एकैदिन सबैभन्दा धेरै ७ सय ९३ को मृत्यु भएको थियो । 

आइतबार यो घटेर ६ सय ५१ पुगेको थियो भने सोमबार ६०२ । बिबिसीका अनुसार, नयाँ संक्रमणमा पनि कमी आएको छ ।

अमेरिकामा कोरोना भाइरसका कूल ३५ हजार संक्रमित भेटिएका छन् भने ४ सय ९५ को मृत्यु भइसकेको छ । 

संसारभरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ५ सय पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि