जेठ ०२, २०८१, बुधबार
               

कारागार तोड्न खोज्दा २३ को मृत्यु

नेपाल फ्ल्यास
चैत १०, २०७६

ADVERTISEMENT

कोलम्बियाको राजधानी बोगोटामा अवस्थित एक कारागार तोड्न खोज्दा भएको झडपमा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । 
यस झडपमा परी अन्य ८३ जना घाइते भएका र ती मध्ये ३२ जनालाई अस्पताल भर्ना गरिएको कानून मन्त्री  मार्गारिता क्याबोलोले आइतबार बताएका छन् । 

‘आज देशका लागि अत्यन्त कष्टकर दिन भएको र  गत राती ला मोडलो कारागारबाट ठूलो अपराधिक समूह भाग्न  खोज्दा २३ को मृत्यु भएको छ । ’ क्याबोलोले बताएका छन्  ।
जेलका सात गार्डसहित जेल संस्थानका अधिकारी पनि घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको क्याबोलाले बताए । 

शनिबार राती पनि कोलम्बियाका अन्य धेरै जेलहरूमा दङ्गा फैलिएको र कोरोना भाइरसको सङ्क्रमणको कारण  जेलबाट छुट्नु पर्ने कैदीहरुको माग रहेको मन्त्रीले बताए । जेलमा कोरोना भाइरस सम्बन्धी कुनै समस्या नभएको र हालसम्म सङ्क्रमणको कुनै व्यक्ति नभेटिएका पनि मन्त्रीले बताए ।


कस्तो लाग्यो ?

यो पनि