जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाभाइरस अमेरिकाले बनाएको इरानी सर्वोच्च नेताको आरोप

नेपाल फ्ल्यास
चैत १०, २०७६

ADVERTISEMENT

एजेन्सी । अमेरिकाले कोरोना भाइरस फैलाएको आरोप यसअघि चीनले लगाइसकेको छ ।

हालै इरानले पनि अमेरिकाले नै कोरोना भाइरस तयार गरेको हुन सक्ने बताएको छ ।

इरानका सर्वोच्च नेताले राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा अमेरिकामाथि यस्तो आरोप लगाएका हुन् । 

तर यसको कुनै प्रमाण भने भेटिएको छैन । तर, अमेरिकाले नै कोरोना भाइरस फैलाएको इरानको आरोप छ ।

इरानका सर्वोच्च नेता आयातुल्ला अली खामनेईले कोरोना नियन्त्रणको लागि अमेरिकाले गर्ने भनेको सहयोगलाई समेत इन्कार गरिदिएका छन् ।

इरान पनि कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित भएको छ । इरानमा अहिलेसम्म २१,६०० भन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित छन् । इरानमा १६८० भन्दा बढी मानिसको यस भाइरसका कारण मृत्यु भइसकेको छ ।

'अमेरिका आफैं कोरोनाका कारण तनाव झेलिरहेको अवस्थामा इरानलाई सहयोग गर्ने कुरा गरेको छ यो अचम छ ।' अयातुल्लाले भने । अमेरिका कोरोनाभाइरसविरुद्ध कमजोर भएको उनले बताए ।

यबैबीच, अमेरिकामा कोरोना भाइरसको पर्याप्त तथा सही जाँच हुन नसकेको आरोप लाग्दै आएको छ ।

इरान–अमेरिकाबीच आरोप–प्रत्यारोप नयाँ विषय होइन । दुई देशबीच केही महिना अघि पनि युद्धको स्थिति आएको थियो । 

तर, संसारभर महामारीको रुप लिइरहेको कोरोना भाइरसजस्तोविषयमा पनि आरोप–प्रत्यारोपको श्रृंखला रोकिएको छैन ।

अयातुल्लाले अमेरिकी नेताहरुलाई 'धुर्त' भनेर टिप्पणी गरेका छन् । उनले भने, 'अमेरिकामाथि कोरोना भाइरस बनाएको आरोप छ । म जान्दिन कि यो सही हो कि गलत । तर, उसले सहयोगको कुरा गरेको छ । के थाहा उसले यस्तो ड्रग देला जुन सधैंभरी इरानमा रहिरहला । सायद अमेरिकाले आफूले बनाएको जहर (विष) को वास्तविक असर देख्न इरानलाई रोजेको हुनसक्छ ।'

सोमबार बिहानसम्म कोरोना भाइरसका कारण संक्रमितको संख्या ३ लाख ३७ हजारभन्दा बढी पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण विश्वमा १४,६०० भन्दा बढीको मृत्यु भइसकेको छ । यस भाइरसबाट सबैभन्दा बढी इटली, चीन तथा इरानमा मानिसको ज्यान गएको छ ।


कस्तो लाग्यो ?

यो पनि