जेठ ०१, २०८१, मंगलबार
               

रागिनीले जन्माइन् 'कोरोना', यस्तो छ परिवारको दाबी

एजेन्सी
चैत १०, २०७६

ADVERTISEMENT

गोरखपुर । जनता कर्फ्युका बीच गोरखपुरको जिल्ला अस्पतालमा एक बच्चीको जन्म भयो ।

परिवारको उनको नाम कोरोना राखिदिएको छ । 

कोरोना भाइरसको महामारी पूरै विश्वभर फैलिरहेको छ । 

संसारभर कोरोना भाइरसको आतंक छ । फेरि बच्चाको नाम किन कोरोना राखेको ? भन्ने प्रश्नमा नवजात बच्चीको अंकलले भने, 'यो कोरोना भाइरसले हरेक व्यक्तिलाई हात धुन, सफाइमा ध्यान दिन, मास्क लगाउन लगायत राम्रो बानीको लागि बाध्य बनाएको छ ।'

'हाम्री यी बच्चीले पनि सधैं राम्रो बानी अपनाउनको लागि सबैलाई अवश्य प्रेरित गर्नेछिन् । यसैकारण हामीले यीनको नाम कोरोना राखेका हौं ।' उनले भने ।

परिकारका अनुसार, 'यस भाइरसका कारण पूरै दुनिया एकजुट भएको छ । बच्चीको यो भन्दा राम्रो नाम अरु हुनै सक्दैन ।'

कोडिराम कस्बेको सोहगौरा गाउँका बबूल त्रिपाठीकी पत्नी रागिनी त्रिपाठी आइतबार बिहान (जनता कर्फ्युका बीच) प्रसव पीडाले छट्पटाइन् । 

पेशाले इन्जिनियर रागिनीका देवर नीतेशराम त्रिपाठीले भाउजु रागिनीलाई जिल्ला अस्पताल लगेर भर्ना गरेका थिए ।

अस्पतालमा रागिनीले छोरीलाई जन्म दिएकी हुन् ।


कस्तो लाग्यो ?

यो पनि