जेठ ०१, २०८१, मंगलबार
               

कोरोना संक्रमणबाट बिहारमा पहिलो मृत्यु

एजेन्सी
चैत ०९, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको बिहारमा कोरोना भाइरस संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । कोरोनाबाट बिहारमा मृत्यु भएको यो पहिलो घटना हो ।

३८ वर्षीय सैफ अली मुंगेरमा बस्दै आएका थिए । उनी कतारबाट फर्किएका थिए । 

उनी मार्च २० मा एम्स अस्पताल भर्ना भएका थिए । उनी डायबिटिजका रोगी थिए । साथै उनको किड्नीमा पनि समस्या रहेको बताइएको छ ।

एम्स अस्पतालमा उनलाई आइसोलेशन वार्डमा राखिएको थियो ।

पटना एम्सका निर्देशक डा. प्रभात कुमार सिंहका अनुसार, शनिबार बिहान कोरोना संक्रमित सैफको मृत्यु भएको हो । 

शनिबार राति उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको डा. सिंहले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि