जेठ ०१, २०८१, मंगलबार
               

भारतमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

एजेन्सी
चैत ०९, २०७६

ADVERTISEMENT

मुम्बई । भारतमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट ६३ बर्षीया व्यक्तिको ज्यान गएको हो ।

यससँगै भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ ।

महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार, कोरोना संक्रमित व्यक्तिको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । यसैबीच बिरामी पहिलेदेखि डायबिटिज, हाई ब्लड प्रेसर तथा मुटुको बिरामी थिए ।

राज्यमा कोरोना भाइरसको स्थिति गम्भीर हुँदै गइरहेको छ । २४ घण्टामा १० नयाँ संक्रमित देखिएका छन् । जसमा ६ जना मुम्बइका र ४ जना पुणेका छन् ।

महाराष्ट्रमा कोरोना संक्रमित व्यक्तिको संख्या ७४ पुगेको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि