जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाका कारण हलिउड फिल्म इण्डष्ट्रिलाई घाटा कति ?

एजेन्सी
चैत ०९, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस विश्वका अधिकांश देशमा फैलिसकेको छ । 

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ । यस प्रकोपबाट सिने जगतले पनि काफी नोक्सान व्होरिरहेको छ ।

कोरोना भाइरसका कारण हलिउड फिल्म इण्डष्ट्रि नराम्रोसँग प्रभावित भएको छ । 

यदि जुलाईसम्म पनि फिल्म रिलिज हुन सकेन भने हलिउड फिल्म इण्डष्ट्रिलाई कम्तीमा पनि १२ बिलियन डलर घाटा हुने आंकलन गरिएको छ ।

रिसर्च फर्म म्यागिडका मिडिया तथा मनोरञ्जन विधाका वरिष्ठ उपाध्यक्ष माइक ब्लोक्समका अनुसार, कोरोना संकटका कारण बक्स अफिसमा कति नोक्सान हुन्छ त्यो अनुमान गर्न कठिन छ । तर केही मार्केटिङ तथा रिसर्च कम्पनीका अनुसार, तीन महिनासम्म फिल्म रिलिज नुहँदा कम्तीमा १२ बिलियन डलर नोक्सान हुने अनुमान छ ।

डिन्जी, नेटफ्लिक्स, युनिभर्सल स्टुडियो लगायत अक्य थुप्रै स्टुडियोले कोरोना संक्रमणका कारण आफ्नो उत्पादन बन्द गरेका छन् ।

हलिउडको लागि विश्वको दोस्रो सबैभन्दा बढी बक्स अफिस बजार चीनमा छ । चीनमा ७० हजारभन्दा बढी थिएटर्स बन्द भएपछि कलेक्सनमा गम्भीर असर परेको छ ।

कोरोना भाइरसको महामारी जारी रहेका कारण हरेक प्रोडक्सन हाउस तथा स्टुडियोले आफ्नो फिल्म पछि लन्च गर्ने घोषणा गरेका छन् । लामो समयदेखि रोकिएका फिल्महरु एकसाथ लन्च हुँदा पनि कलेक्सनमा असर पर्ने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि