जेठ ०२, २०८१, बुधबार
               

पार्टी प्यालेसमा विवाहः प्रहरी आएपछि बेहुला बेहुली नै फरार

एजेन्सी
चैत ०९, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस अहिले विश्वभर खतराको रुपमा रहेको छ ।

भारतमा पनि यसको संक्रमण फैलिरहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि भारतीय सरकारले विभिन्न निर्णय लिइरहेको छ ।

प्रदेशमा केही कुराहरुमा प्रतिवन्ध लगाइएको छ । यसका बाबजुत पनि पञ्जाबको मोगास्थित एक गाउँमा शनिबार विवाह समारोह आयोजना गरियो ।

उक्त वैवाहिक कार्यक्रममा ३०० भन्दा बढी मानिसको सहभागिता थियो । 

उक्त सूचना पाउनासाथ प्रहरीको टोली अनुगमनमा निस्कियो । प्रहरी टोली आएको थाहा पाएपछि दुलाहा दुलही लगायत कार्यक्रममा सहभागी हुन पुगेका मानिसहरु एकाएक फरार भए ।

प्रहरीले पार्टी प्यालेसका म्यानेजर जगराज सिंहलाई पक्राउ गरेको छ ।

२० जना भन्दा धेरै मानिस एक ठाउँमा भेला हुन नपाउने भनेर त्यहाँको सरकारले यसअघि नै घोषणा गरेको थियो ।

यसैबीच, बरनालाको गाउँ रुडेकेकलांको एक पार्टी प्यालेसमा पनि वैवाहिक कार्यक्रम आयोजना गरिएको थियो । 

प्रहरीले त्यहाँ अत्याधिक मानिस आएको देखेपछि तुरुन्त एक्शन लियो र उक्त पार्टी प्यालेसका मालिक यादविन्दर लाई नियन्त्रणमा लिएको छ ।

सरकारी नियम उल्लघंन गर्नेव्यक्तिमाथि कारबाही हुने त्यहाँको प्रशासनले जनाएको छ ।

होशियारपुरको टान्डाबाट करिब १० किलोमिटर दूरीमा रहेको जिएस किङ्स् पार्टी प्यालेसमा रिसेप्शन पार्टी आयोजना भएको थियो । त्यहाँ करिब १५० मानिस उपस्थित थिए । त्यहाँ पनि प्रहरी पुगेर कारबाही प्रक्रिया अघि बढायो ।

मालेरकोटलास्थित भारत मोडल सिनियर सेकेन्डरी स्कूलका प्रबन्धकले शनिबार बच्चाहरुलाई स्कुल बोलाएर परीक्षा सञ्चालन गरे । यो जानकारी पनि जिल्ला शिक्षा अधिकारीले स्कुलको मान्यता रद्द गर्नको लागि शिक्षा विभागलाई पत्र लेखेको छ ।


कस्तो लाग्यो ?

यो पनि