जेठ ०२, २०८१, बुधबार
               

कोरोना संक्रमणबाट १३ हजारभन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । 

त्यस्तै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ३२ पुगेको छ ।

चीन, इटली र स्पेनमा सर्वाधिक (धेरै) संक्रमित देखिएका छन् । धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र इरानमा छ ।

इटलीमा शनिबारसम्म ५३ हजार ५ सय ७८ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय २ जनाले ज्यान गुमाइसकेका छन् । 

बेलयातमा संक्रमितको संख्या ५ हजार १८ पुगेको छ भने २ सय ३३ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोनाको बढ्दो महामारीसँगै विश्व अर्थतन्त्र धरासायी हुने जोखिममा छ ।


कस्तो लाग्यो ?

यो पनि