जेठ ०२, २०८१, बुधबार
               

राष्ट्रपतिलाई कोरोना संक्रमणको आशंका, स्वास्थ्य जाँच गरिने

एजेन्सी
चैत ०८, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रुप लिएको छ ।

यसैबीच, भारतका राष्ट्रपति रामनाथ कोविन्दको पनि स्वास्थ्य जाँच गरिने भएको छ । 

राष्ट्रपति कोविन्दले हालै राष्ट्रपति भवनमा ब्रेकफास्ट कार्यक्रमको आयोजना गरेका थिए ।

जहाँ कोरोना संक्रमणको आशंका गरिएका सांसद दुष्यंत सिंह पनि सहभागी थिए । त्यसअघि सांसद सिंह गायिका कनिका कपूरको पार्टीमा सहभागी भएका थिए ।

गायिका कनिकालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ ।

लखनउको एक होटलमा उनले पार्टी आयोजना गरेकी थिइन् । त्यहाँ सहभागी अन्यलाई पनि कोरोना लागेको हुनसक्ने चिकित्सकको अनुमान छ ।   

‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिका बलिउडकी व्यस्त गायिकामा पर्छिन् । 

यसैबीच, राष्ट्रपति रामनाथ कोविन्दले आफ्ना सबै नियमित कार्यक्रम स्थगित गरेका छन् ।

सोनू निगम दुबईमा 

गायक सोनू निगम परिवरको साथमा दुबईमा छन् । आफू तत्काल भारत नफर्किने उनले बताएका छन् ।

कोरोना भाइरसबाट सुरक्षित रहनको लागि सोनूको परिवार भारत नफर्कने बताइएको छ ।

अवस्था समान्य भएपछि मात्र आफू स्वदेश फर्कने सोनूले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि