जेठ ०२, २०८१, बुधबार
               

कोरोना फैलिन नदिन चार दिने कर्फ्यू घोषणा

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

श्रीलङ्कामा शुक्रबारदेखि सोमबारसम्मका लागि चारदिने कर्फ्यूको घोषणा गरिएको छ । राष्ट्रपति गोटावाया राजापाक्षेले शुक्रबार घोषणा गरेअनुसार शुक्रबार बेलुका ६ बजेदेखि नै कर्फ्यू लागू भएको छ ।

 कर्फ्यू आगामी सोमबार बिहान ६ बजेसम्म जारी रहने राष्ट्रपतिको घोषणामा उल्लेख गरिएको छ ।  कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले थप फैलिन नदिने उद्देश्यले कर्फ्यू घोषणा गरिएको अधिकारीहरूले बताएका छन् ।

श्रीलङ्कामा शुक्रबारसम्ममा ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।   राष्ट्रपति राजापाक्षेले कोरोना नियन्त्रण गर्न दुई हप्ताका लागि अन्तरराष्ट्रिय हवाई सेवा पनि बन्द गरिएको घोषणा गरेका छन्। उनको घोषणासँगै श्रीलङ्का आउने विमान सेवा अवरुद्ध भएको छ भने विद्यालय तथा विश्वविद्यालयहरूमा बिदा दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि