जेठ ०३, २०८१, बिहीबार
               

कोरोनाको इपिसेन्टर चीन र २२ राष्ट्रबीच भिडियो कन्फरेन्स

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्यूनीकरण र अनुभव आदान–प्रदानका लागि चीनसँग भिडियो कन्फरेन्स भएको छ । 

भिडियो कन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटान लगायत विभिन्न २२ देशहरुको सहभागिता जनाएका थिए । 

कन्फरेन्समा चीनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चालिएको कदम र पाएको सफलताबारे अन्य मुलुकलाई जानकारी दिएको थियो भने अन्य मुलुकले कोरोनाबाट आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरलाई कसरी जोगाउन सकिन्छ भनी जिज्ञासा राखेका थिए । 

केही दिनअघि दक्षिण एसियाली मुलुकबीच भएको भिडियो कन्फरेसनपश्चात् कोरोनाको इपिसेन्टर चीन, नेपाल भारतलगायत अन्य देशको भिडियो कन्फरेन्स भएको हो । 

यो पनि