जेठ ०२, २०८१, बुधबार
               

चीनमा भन्दा इटलीमा कोरोनाले धेरैको ज्यान लियो

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट चीनमा भन्दा इटलीमा धेरै मानिसको मृत्यु भएको छ । चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ ।

बिहीबार एकै दिन थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो ।कुल संक्रमितको संख्या भने इटलीमा भन्दा अझै चीनमा बढी छ । चीनमा ८० हजार ९ सय ६७ र इटलीमा ४१ हजार ३५ व्यक्तिमा कोरोनाको लक्षण भेटिएको छ ।

तर, संक्रमण र मृत्युदर दुवै इटलीमा बढी छ । बिहीबार मात्रै इटलीमा ५ हजार ३ सय ३२ कोरोनाको नयाँ बिरामी भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि