जेठ ०३, २०८१, बिहीबार
               

कोरोनाको उद्गमस्थल वुहानमा नयाँ संक्रमित भेटिएनन्

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको छ ।

यसबीचमा कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा पहिलोपटक एक जना व्यक्तिमा पनि नयाँ संक्रमण नभएको पाइएको छ।

योसँगै कोरोना भाइरस नियन्त्रणमा चीनलाई सफलता हात परेको छ । 

चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार वुहानमा बुधबार कोरोना भाइरसका एक जना पनि नयाँ संक्रमित नभेटिएका हुन्।

यो संक्रमण फैलिएयता त्यो पनि सुरुवात भएको ठाउँमै संक्रमण वृद्धि शून्यमा झरेको यो पहिलो घटना हो।

चीनको उहानले बुधबार कोरोना भाइरसबाट कोही पनि नयाँ संक्रमित नभएको जानकारी गराएको सिन्ह्वाले जनाएको छ।

चीनले यसलाई कोरोना महामारीविरुद्धको जारी युद्धमा अहिलेसम्मकै ठूलो सफलता ठानेको छ।

गत डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको थियो।

वुहानमा बुधबार कोरोना भाइरसका कारण थप ८ जना (पहिले नै संक्रमित भएका मानिस) को मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ। 

कोरोना भाइरसका कारण चीनमा ३ हजार २ सय ३७ को ज्यान गएको छ । चीनमा अझै ८० हजार ८ सय ८९ मानिस संक्रमित छन् । जसमध्ये २ हजार ६ सय २२ को अवस्था गम्भीर रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि