जेठ ०२, २०८१, बुधबार
               

कोरोनाभाइरसः पाकिस्तानमा दुईको मृत्यु, कश्मीरमा पनि फैलियो संक्रमण

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

खैबर पख्तूनख्वा प्रान्तको मरदान जिल्लामा ५० वर्षीय एक व्यक्ति र हंगू जिल्लाका ३६ वर्षीय अर्का व्यक्ति गरी दुई जनाको मृत्यु भएको हो ।

प्रान्तका वित्त तथा स्वास्थ्यमन्त्री तैमुर खानले यस खबरको पुष्टि गरेका हुन् ।

खबरअनुसार, ३६ वर्षका ती व्यक्ति हालै दुबईबाट फर्किएका थिए । 

पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ ।

पाकिस्तानको राजधानी इस्लामाबाद, पंजाब, सिन्ध, खैबर पख्तूनख्वा र पाकिस्तान प्रशासित कश्मीरमा संक्रमितको संख्या ३०७पुगेको छ ।

यस्तै, पाकिस्तान प्रशासित कश्मिरमा पनि एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि