जेठ ०२, २०८१, बुधबार
               

श्रीलङ्काको दुई ठाउँमा कर्फ्यु

रासस
चैत ०५, २०७६

ADVERTISEMENT

 श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कर्फ्यु घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कर्फ्यु आदेश दिइएको अधिकारीले जनाएका छन् । 

प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागू हुनेगरी  कर्फ्यु आदेश जारी भएको हो । 

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कर्फ्यु आदेश जारी गर्नुुपरेको अधिकारीहरुले जनाएका छन् । 

कर्फ्यु लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि