जेठ ०२, २०८१, बुधबार
               

आफन्तबाटै दुष्कर्म, ११ वर्षमै किशोरी गर्भवती भएपछि...

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

एजेन्सी । भारत छत्तीसगढको बालोद जिल्लामा एक किशोरी आफ्नै आफन्तको दुष्कर्ममा परेकी छिन् ।

कक्षा ८ मा अध्ययनरत किशोरीमाथि दुष्कर्म भएको थाहा भएपछि गत फेब्रुअरी २० मा त्यहाँको प्रहरीले आरोपीलाई पक्राउ गरि धारा ३७६ अन्तर्गत मुद्दा चलाएको छ ।

पीडित किशोरी भने जीवन–मरणको बीचमा रुमल्लिरहेकी छिन् ।

पीडित किशोरी ६ महिनाकी गर्भवती बनेकी छिन् । उनी ११ वर्ष सात महिनाकी मात्र भइन् ।

त्याँको स्वास्थ्य विभागका अधिकारीले किशोरीलाई बचाउने तत्परता नदेखाएको पीडित किशोरीका आफन्तले बताएका छन् ।

गर्भपतनको अनुमतिको लागि पीडित किशोरीको परिवार विभिन्न निकायको चक्कर लगाइरहेका छन् । 

यसबीचमा किशोरीको स्वास्थ्य अवस्था भने बिग्रदै गएको छ । पीडित किशोरी त्यहाँको एक अस्पतालमा उपचाररत छिन् ।

स्वास्थ्य विभाग, जिल्ला प्रशासन, रायपुर अस्पताल, हाई कोर्ट विलासपुरलगायतका निकायमा धाइरहँदा पनि गर्भपतनको अनुमति नपाइएको किशोरीका बुबाले गुनासो गरे ।

आरोपी युवकले किशोरीलाई लगभग ६ महिनाअघि जवरजस्ती करणी गरेका थिए । त्यस समयदेखि किशोरी गर्भवती भएकी थिइन् । तर यस घटनाको बारेमा परिवारले पछि मात्र थाहा पाएको हो ।

अस्पतालका एक चिकित्सकका अनुसार, 'यस्तो घटनामा स्थानीय स्तरमा गभएपतन गर्न सक्दैनौं । न त हामी अनुमति नै दिन सक्छौं । हाई कोर्टबाट आदेश आएपछि मात्र हाी केही गर्न सक्छौं ।'

एक प्रहरी अधिकारीका अनुसार, 'अहिलेसम्म गर्भपतनको लागि हाई कोर्टले अनुमति दिएको छैन । कोर्टले बच्चीको अहिलेसम्मको पूरै स्वास्थ्य रिपोर्ट मागेको छ । कोर्टले रिपोर्ट हेरिसकेपछि कस्तो आदेश आउँछ हामी त्यसको पर्खाइमा छौं ।'


कस्तो लाग्यो ?

यो पनि