जेठ ०२, २०८१, बुधबार
               

कोरोनाबाट ७,९६५ को मृत्यु, कुन ब्लड ग्रुपलाई बढी खतरा ?

एजेन्सी
चैत ०५, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ६५ पुगेको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय ६५ देशमा फैलिसकेको छ । विश्वभर अहिलेसम्म १ लाख ९८ हजार २ सय २९ जना यस भाइरसबाट संक्रमित छन् भने ८१ हजार ७ सय ३८ जना निको भैसकेका छन् ।

कोरोनाको महामारीका कारण विश्वका थुप्रै मुलुकहरुले आफ्ना मुलुकसंगको जल र स्थल दुवै मार्ग बन्द गरेका छन भने कैयौं मुलुकमा कर्फ्यु लगाइएको छ । 

चीनपछि कोरोनाको भारी प्रकोप फैलिएको युरोपले आफुलाई विश्वका सबै मुलुकबाट अलग बनाएको छ ।

अमेरिकाका कैयौं राज्यमा कर्फ्यु लगाईएको छ । संयुक्त राष्ट्रसंघले आफ्ना सबै औपचारिक बैठकहरु स्थगित गरिसकेको छ । 

इरानले जेलमा रहेको ८५ हजार कैदीहरुलाई अस्थायी रुपमा रिहा गरिसकेको छ । 

पाकिस्तानमा कोरोनाका कारण पहिलो मृत्यु भएको छ भने अफ्रिकी मुलुक तांजानिया र सोमालियामा पनि प्रकोप पुगिसकेको छ ।

अर्को पछिल्लो जानकारी अनुसार चीनका बैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् । 

ओ रगत समूह (ब्लड ग्रुप)का मानिसमा कोरोना संक्रमणको खतरा न्युन रहेको र ए रक्त समुहका मानिसमा संक्रमणको खतरा उच्च रहेको चिनियाँ बैज्ञानिक र चिकित्सकहरुले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि