जेठ ०२, २०८१, बुधबार
               

फ्रान्सद्वारा ४५ अर्ब युरो बराबरको सहायता प्याकेज

रासस
चैत ०४, २०७६

ADVERTISEMENT

एजेन्सी । फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मङ्गलबार कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायतास्वरुप  ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर) सहायता प्याकेज घोषणा गरेका छन् । 

कोरोना भाइरस सङ्क्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त प्याकेजको घोषणा गरिएको बताइएको छ ।

यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल घरेलु उत्पादन (जीडीपी) मा गरिएको करिब एक प्रतिशतको गिरावटको पूर्वानुमानका लागि र कर्मचारीलाई तलबस्वरुप सो रकम खर्च गरिने माइरेले जानकारी दिए ।  

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि