मंसिर ०७, २०८१, शुक्रबार
               

भारत कंग्रेसका ६ विधानसभा सदस्यको राजीनामा स्वीकृत

रासस
चैत ०२, २०७६

ADVERTISEMENT

भोपाल । भारतको मध्यप्रदेश राज्यका सभामुख नर्मदाप्रसाद प्रजापतिले विधानसभाका ६ जना सांसदको राजीनामा स्वीकृत गरेका छन् । उनीहरू सबै भारतीय राष्ट्रिय कंग्रेसका हुन् । 

कंग्रेसका इमर्ती देवी, तुल्सी सिलावात, प्रधुमन सिंह टोमर, महेन्द्रसिंह सिसोदिया, गोविन्द सिंह राजपूत, र प्रभूराम चौधरीले पार्टी परित्याग गरेपछि कंग्रेसको अनुरोधमा उनीहरूको राजीनामा स्वीकृत भएको हो । 

उनीहरूलाई केही समय अगाडि राज्य सरकारको मन्त्रिपरिषद्बाट हटाइएको थियो । कंग्रेसका अन्य २२ जना विधायकले पनि पार्टीबाट राजीनामा दिइएको घोषणा गरेका छन् । 

ती सांसदहको घोषणासँगै मुख्यमन्त्री कमलनाथ नेतृत्वको प्रदेश सरकार सङ्कटमा परेको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि