जेठ ०५, २०८१, शनिबार
               

कान्दाहार चौकीमा सहकर्मीले गोली चलाउँदा ७ अफगानी प्रहरीको मृत्यु

रासस
चैत ०२, २०७६

ADVERTISEMENT

एजेन्सी । दक्षिणी कान्दाहारको एक प्रहरी चौकीमा प्रहरीले नै चलाएको गोली लागेर सात जना प्रहरीको हत्या गरेका छन् । प्रहरीले गोली चलाउने प्रहरी तालिबान समूहसँग आबद्ध रहेको दाबी गरेको छ । 

प्रान्तीय प्रहरी प्रवक्ता जमाल बारिक्जाईले शनिबार मध्यराति झारी जिल्लाको चारसाखी क्षेत्रमा उक्त घटना भएको जानकारी दिए । 

उनले तालिबानसँग आबद्ध देखिएका ती प्रहरी अरु साथीहरुको हत्यापछि फरार रहेको पनि बताए । ती प्रहरीको खोजी भइरहेको पनि प्रवक्ता जमालले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि