जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाको केन्द्रबिन्दु अब युरोप

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

बिबिसी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको केन्द्रबिन्दु अब युरोप भएको जनाएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन्।

'यो आगोलाई बल्न नदिऊँ,' उनले भने । थुप्रै युरोपेली देशमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने मानिसको सङ्ख्यामा उल्लेख्य वृद्धि भएका विवरण आइरहेकै बेला महानिर्देशक टेड्रोसले यस विषयमा बोलेका हुन्।

इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो। अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।

इटलीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ।

त्यहाँ शुक्रवार मृत्यु हुने मानिसको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भई १२० र सङ्क्रमित हुने मानिसको सङ्ख्या ४,२३१ पुगेको छ।

प्रधानमन्त्री पेद्रो सान्चेजले शनिवारदेखि दुई हप्तासम्म लागु हुने गरी सतर्कताको अवस्था कायम गरिने बताएका छन्।

युरोप किन केन्द्रबिन्दु ?

गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमण अहिले विश्वभरि फैलिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका १२० भन्दा बढी हजारौँ मानिसमा कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड-१९ देखिएको छ।

मृत्यु हुने मानिसको सङ्ख्या ५,००० नाघेको छ।

त्यो सङ्ख्यालाई डब्ल्यूएचओका महानिर्देशक टेड्रसले 'एउटा दुःखद कोसेढुङ्गा'को रूपमा व्याख्या गरेका छन्।


कस्तो लाग्यो ?

यो पनि