जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाः फ्रान्स र स्पेनमा पनि आपतकालीन घोषणा

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसका कारण फ्रान्स र स्पेनले पनि आपतकालीन प्रतिबन्ध लगाएको छ । कोरोना कहरबाट बच्न इटलीले अवलम्बन गरेको उपाय पछ्याउँदै दुई ठूला युरोपेली मुलुकहरू स्पेन र फ्रान्सले पनि आपतकाल घोषणा गरेका हुन् ।

स्पेनले नागरिकहरूलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । यद्यपि, अत्यावश्यकीय औषधिलगायतका सप्लाइ कार्यमा भने प्रतिबन्ध नरहने बीबीसीले जनाएको छ ।

स्पेन कोरोना भाइरसबाट अत्यधिक प्रभावित भएको इटलीपछिको युरोपेली मुलुक हो । हालसम्म यहाँ १ सय ९१ जनाको मृत्यु भइसकेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि