जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाभाइरसका कारण ५,८३२ को मृत्यु

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ३२ पुगेको छ ।

एक लाख ५६ हजार चार सय ३८ भन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन् ।

चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस अहिले एक सय ५१ देशमा फैलिसकेको छ ।

कोरोना भाइरस संक्रमण भएका बिराम्ीमध्ये ७५ हजार आठ सय जना निको भएर घर फर्किसकेका छन् ।

कोरोनाको उद्गम मुलुक चीनमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै चीनमा मृत्यु हुनेको संख्या तीन हजार एक सय ९९ पुगेको छ । त्यस्स्तै संक्रमितहरुको संख्या ८० हजार ८ सय २४ रहेको छ । 

कोरोना भाइरसको दोस्रो बढी प्रभाव रहेको मुलुक इटालीमा पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको मुत्यु भएको छ । यस भाइरसका कारण इटालीमा एक हजार चार सय ४१ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ईरानमा ६ सय ११ जनाले ज्यान गुमाएका छन् भने १२ हजार ७ सय २९ जना संक्रमित छन ।

त्यस्तै स्पेनमा १ सय ९६ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा ७२ जनाले ज्यान गुमाइसेका छन् । नेपालो छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि