जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमणका कारण ५,४१६ जनाको मृत्यु

एजेन्सी
चैत ०१, २०७६

ADVERTISEMENT

एजेन्सी । विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या (विश्वभर) ५ हजार ४ सय १६ पुगेको छ । 

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट ५ हजार ४ सय १६ जनाको मृत्यु भएको हो । 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका १ सय ३८ देशमा फैलिसकेको छ । 

अहिलेसम्म १ लाख ४५ हजार ३ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ७० हजार ९ सय ३१ व्यक्ति निको भएका छन् । कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् । 

चीनमा ८० हजार ८ सय १७ जना संक्रमित भएका छन भने ३ हजार १ सय ७७ जनाले ज्यान गुमाएका छन् । 

अहिले चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रण हुँदै गइरहेको छ । चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा भएको दाबी गरिरहँदा इटालीमा भने फैलने क्रम बढ्दो छ । 

इटालीमा अहिलेसम्म १७ हजार ६ सय ६० जनामा संक्रमण देखा परेको छ । त्यस्तै १ हजार २ सय ६६ जनाले ज्यान गुमाएका छन् । 

त्यसैगरि इरानमा ११ हजार ३ सय ६४ संक्रमित रहेको र ५ सय १४ जनाले ज्यान गुमाएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ७१ पुगेको छ भने ७ हजार ९ सय ७९ जना संक्रमित छन् । 

त्यसैगरि कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । 

संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुरा उनले खुलाएका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि