जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाभाइरसः भारतमा थप एक महिलाको मृत्यु

एजेन्सी
चैत ०१, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 

योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

कोरोनाभाइरस संक्रमित ६९ वर्षीया महिलाको शुक्रबार दिल्लीमा मृत्यु भएको हो । 

मृत्यु हुने महिला राम मनोहर लोहिया अस्पतालमा उपचाररत थिइन् । 

उनका छोरा ५ देखि २२ फेब्रुअरीको बीचमा इटाली तथा स्विटजरल्याण्डको यात्रा गरेर दिल्ली फर्किएका थिए ।

यसअघि बुधबार कर्नाटकमा ७६ वर्षीय व्यक्तिको ज्यान गएको थियो ।

दिल्ली सरकारले कोरोनालाई महामारी घोषित गरेको छ । संक्रमणलाई रोक्न स्कुल कलेज तथा सिनेमाघर बन्द गरिएको छ । 

मार्च ३१ सम्म स्कुल, कलेज तथा सिनेमा हल बन्द रहने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि