बैशाख २१, २०८१, शुक्रबार
               

ट्रम्पले भेटेका व्यक्तिलाई पनि कोरोनाभाइरस संक्रमण भएपछि...

एजेन्सी
फागुन ३०, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको महामारी विश्वभर नै फैलिरहेको छ ।

आम सर्वसाधारण देखि विभिन्न देशका भिभिआइपी व्यक्ति समेत कोरोना भाइरसको चपेटामा परिरहेका छन् ।

ब्राजिलका राष्ट्रपति जेर बोरसोनारोले तीन दिनसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गरे ।

यसबीचमा ब्राजिलियन राष्ट्रपतिको साथमा जो अधिकारी थिए, उनलाई कोरोना भाइरसको पोजेटिभ लक्षण देखिएको छ ।

उनलाई कोरोना भाइरसको लक्षण पोजेटिभ देखिएपछि ब्राजिलका राष्ट्रपतिको पनि स्वास्थ्य परीक्षण गरिएको छ । उनको रिपोर्ट आउन बाँकी छ ।

ब्राजिलियन राष्ट्रपतिको टिमका एक सदस्यले आफ्नो सामाजिक सञ्जालमा एक तस्बिर शेयर गरेका छन्, जसमा उनी डोनाल्ड ट्रम्पका साथ बसेका छन् ।

उक्त व्यक्तिलाई कोरोनाको लक्षण पोजेटिभ देखिएपछि सवाल उठेको छ कि, डोनाल्ड ट्रम्पको पनि स्वास्थ परीक्षण गर्नुपर्छ । तर ह्वाइट हाउस (अमेरिकी राष्ट्रपति भवन)ले ट्रम्पको स्वास्थ्य परीक्षण जरुरी नभएको बताएको छ ।

विश्वका १२५ देश कोरोना भाइरसको चपेटामा परेका छन् । कोरोनाको महामारीबाट अहिलेसम्म करिब चार हजार नौ सय मानिसको ज्यान गइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि