बैशाख २२, २०८१, शनिबार
               

कोरोनाबाट भारतमा पनि एकको मृत्यु

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसबाट भारतमा पनि मानिसको ज्यान जान थालेको छ । उक्त भाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एक जनाको मृत्यु भएको बताइएको छ ।

भारतको कर्नाटक राज्यमा कोरोना भाइरसको संक्रमणका कारण ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । कर्नाटक राज्यका स्वास्थ्य विभाग प्रमुखका अनुसार कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक बृद्धको मृत्यु भएको छ ।

त्यस्तै, प्रदेश सरकारका स्वस्थ्यमन्त्री बी श्रीरामुलुले पनि ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । मन्त्री श्रीरामुलुकाअनुसार मृत्यु भएका व्यक्तिमा केही दिनअघिमात्र गरिएको स्वास्थ्य परीक्षणबाट कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

त्यसलगत्तै संक्रमित व्यक्तिलाई अलग राखिएर उपचार सुरु गरिएको थियो । सामाजिक सञ्जालमा ट्वीट गर्दै मन्त्री श्रीरामुलुले मृत्यु भएका व्यक्तिले त्यसअघि को–कोसँग भेट गरेका थिए, उनीहरूकोसमेत खोजी भइरहेको बताएका छन् ।  


कस्तो लाग्यो ?

यो पनि