मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमण भएको भन्दै अफिसमा फोन गरेपछि यस्तो आपत

एजेन्सी
फागुन २९, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोनाभाइरसलाई लिएर अफवाह फैलाउने एक व्यक्ति कारबाहीमा परेका छन् ।

चीनमा एक व्यक्तिले आफूलाई कोरोनाबाट संmत्रमित भएको भनेर अफिसमा झुट बोल्दा उनको जागिर चैट भएको छ ।

उनले आफू कोरोनाबाट संक्रमित भएको कारण अफिस आउन नसक्ने बताएका थिए । पछि उनको स्वास्थ्य परीक्षणको क्रममा उनले झुट बोलेको पुष्टि भयो । 

त्यसपछि उनलाई जागिरबाट मात्र निकालिएन, उनलाई तीन महिनाको कैद सजाय पनि भयो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हुवा यूंका झू नामका एक व्यक्तिलाई अफिस जान मन नभएपछि फोनमार्फत आफू बिरामी भएको र कोरोना भाइरसको लक्षण देखिएको बताए ।

त्यसपछि उनलाई छुट्टी दिइयो । साथमा उक्त कम्पनीमा उनको आसपास बस्ने अन्य स्टाफलाई पनि बिदा दिइयो । त्यसपछि बसै स्टाफको स्वासथ्य परीक्षण गरियो ।

स्वास्थ्य परीक्षणको क्रममा कसैको पनि रिपोर्ट पोजेटिभ आएन । कम्पनीले झूको पनि मेडिकल रिपोर्ट माग गर्यो । तर, उनले बहाना बनाउन थाले । 

उनले झुट बोलेको थाहा पाएपछि कम्पनीले उनले झुट बोलेको भन्दै प्रहरीसमक्ष रिपोर्ट गर्यो र उनीमाथि कारबाही भयो ।

प्रहरीले उनलाई बोलाएर सोधपुछ गर्यो । प्रहरीसमक्ष उनले आफूले झुट बोलेको बताए । त्यसपछि उनलाई अदालत लगियो । अदालतले उनलाई तीन महिनाको जेल सजाय सुनाएको हो ।


कस्तो लाग्यो ?

यो पनि