बैशाख २२, २०८१, शनिबार
               

कोरोनाभाइरसः भारत सरकारको कठोर निर्णय

एजेन्सी
फागुन २९, २०७६

ADVERTISEMENT

एजेन्सी । भारत सरकारले विदेशबाट भारत आउने सम्पूर्ण आगमनलाई प्रतिबन्ध लगाएको छ । 

कोरोनाभाइरसले महामारीको रुप लिएसँगै भारत सरकारले यस कठोर कदमको घोषणा गरेको हो ।

यो नियम मार्च १३ देखि लागू हुनेछ । कोरोनाभाइरस नियन्त्रणको लागि भारतले लागू गरेको यो योषणा सबैभन्दा कठोर ‘यात्रा प्रतिबन्ध’ हो ।

अन्य देशले विदेशीहरुको प्रवेशमाथि मात्र रोक लगाइरहे पनि भारतले विदेशबाट भारत आउन खोज्ने आफ्नै नागरिकलाई पनि प्रवेश नदिने घोषणा गरेको छ ।

बुधबार शीर्ष मन्त्रीहरुको सामूहिक वैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गरिएको हो । वैठकको नेतृत्व केन्द्रीय स्वास्थ्य मन्त्री हर्षबर्धन र नागरिक उड्यन मन्त्री हर्दिप पुरीले गरेका थिए । 

यात्रा निर्देशिका अनुसार, भारत सरकारले अब मार्च १३ को दिउसो १२ बजेपछि भारतका लागि हिडिसेका विदेशीलाई समेत प्रवेश दिने छैन ।

विदेशमा रहेका भारतीय नागरिकताधारीलाई यो नियम लागू हुने तर, कुटनीतिक नियोगमा काम गर्ने कर्मचारी भने भारत आउन पाउनेछन् । 

‘भारत आउनै पर्ने अत्यावश्यक कारण भए नजिकको भारतीय दूतावास वा वाणिज्यदूतावाससँग सरसल्लाह गर्न सुझाव दिइएको छ ।’

साथै, भारत सरकारले आफ्ना नागरिकलाई युरोप र अमेरिकाको भ्रमण नगर्न निर्देशन दिएको छ । यो प्रतिबन्ध अप्रिल १५ सम्म लागू हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि