जेठ ०४, २०८१, शुक्रबार
               

स्वास्थ्यमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण

एजेन्सी
फागुन २८, २०७६

ADVERTISEMENT

एजेन्सी । बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसलाई पनि कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

स्वास्थ्य मन्त्रीले आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन् ।

संयुक्त राज्यमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ ।पछिल्लो पटक ८० वर्षका एक वृद्धको मृत्यु भएको थियो ।

उनको स्वास्थ्यमा यसअघि पनि विभिन्न समस्या देखिएका थिए । साथै, एनएचएस इङ्गल्याण्डले संक्रमितको संख्या वृद्धि भइरहेको अवस्थामा संक्रमित भए नभएको परीक्षण गर्ने प्रणालीको क्षमता वृद्धि गर्ने तयारीमा भएको जानकारी दियो ।

अहिले दिनमा १५ सयको परीक्षण हुँदै आएकोमा नयाँ प्रणालीपछि दैनिक १० हजारको परीक्षण गर्न सकिने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि