जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाको असर : इटालीमा देशव्यापी नाका बन्द, विश्वभरि ४ हजार बढीको मृत्यु

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलने क्रम तीव्र बनेपछि इटलीमा देशभरिका नाका बन्द गरिएको छ। संक्रमणको दर उच्च बनेपछि इटलीको सबै २० वटा प्रान्तमा आपत्कालिन अवस्थाबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरेको बीबीसीले जनाएको छ ।

इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले आपत्कालिन अवस्थाबाहेक कोही पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । उनले एक संबोधन मार्फत समाजका कमजोर सदस्यको रक्षा गर्दै भाइरसको संक्रमण रोक्न सरकार लागिपरेको बताएका छन् । इटलीमा गएको २४ घण्टामा थप ९७ जनाको ज्यान गएपछि कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ६३ पुगेको छ । यस्तै सङ्क्रमितको सङ्ख्या ९ हजार एक सय ७२ पुगेको इटली सरकारले पुष्टि गरेको छ ।

चीनको वुहानबाट सुरु भएर एक सय १३ देशमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म एक लाख १४ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ । तीमध्ये ६२ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् भने चार हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

चीनमा नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि अहिले अन्य देशमा सङ्क्रमण फैलने क्रम बढेको छ । इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, जर्मनी, बेलायत, जापानलगायतका देशमा सङ्क्रमण फैलने क्रम बढिरहेको बीबीसीले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि