जेठ ०८, २०८१, मंगलबार
               

कोरोना संक्रमित पहिलो व्याक्ति ‘पेसेन्ट जिरो’ नै हुन त ?
पुष्टि नहुँदा नियन्त्रणमा कठिनाई

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

विश्वभर आतंङक मच्चाईरहेको कोभिड १९ भनिने कोरोना भाइरसको उत्पति र फैलावटको विषयमा चिनियाँ प्रशासन र विशेषज्ञबीच मतभेद कायमै छ । ‘पेसेन्ट जिरो’ नामका एक व्यक्ति पहिलो संक्रमति भएको भन्ने विषयमा भन्नेमा चिनियाँ अधिकारीहरू विभाजित छन् । सबैभन्दा पहिला भाइरसले संक्रमित गरेको ‘पेसेन्ट जिरो’ हुन भन्ने धेरैले भनेका छन् । जीन विश्लेषणमा भएको प्रगतिबाट कुनै भाइरसको उत्पतिको स्रोत पत्ता लाग्न सम्भव छ । यसबाट सबैभन्दा पहिला संक्रमित हुने व्यक्ति को हो भन्ने पनि पत्ता लाग्छ ।

 पुष्टि नहुँदा नियन्त्रणमा कठिनाई

सबैभन्दा पहिला को संक्रमित भएको थियो भन्ने प्रश्नको जवाफ पत्ता लाग्ने हो भने यो कहाँ र कसरी फैलिन शुरू भएको हो भन्ने विषयमा अहं जानकारी मिल्ने विज्ञहरु बताउँछन् । यो जानकारीबाट अहिले र भविष्यमा संक्रमित हुनबाट बचाउन सहयोग पुग्ने समेत विश्वास गरिएको छ ।

तर अहिलेसम्म कोरोनाबाट संक्रमित पहिलो व्यक्ति ‘पेसेन्ट जिरो’ नै हुन कि होईनन् भन्ने पुष्टि हुन बाँकी  छ। चिनियाँ प्रशासनले गत डिसेम्बर ३१ मा देखिएको दाबी गरेको कोरोनाले रुघाखोकी, ज्वरो र निमोनिया जस्ता लक्षण देखाएको थियो ।

कोरोना हुवे प्रान्तको वुहान शहरमा रहेको माछा मासु बजारबाट शुरू भएको अनुमान गरिएको छ । तर पुष्टि भने हुन बाँकी छ । उक्त क्षेत्र प्रकोपको केन्द्र हो । जोन हप्किन्स विश्वविद्यालयले जम्मा गरेको जानकारी अनुसार चीन र बाँकी विश्वमा देखिएका अन्य मामलामा लगभग ८२ प्रतिशत अर्थात ७५ हजारभन्दा बढी मामिला यही पाइएको छ । तर ३१ डिसेम्बरमा फेला कोरोनाबाट संक्रमित भएको बिरामीको माछामासु बजारसँग कुनै सम्बन्ध नभएको बताइएको छ ।  एजेन्सीको सहयोगमा 
 


कस्तो लाग्यो ?

यो पनि